गोपनीयता नीति — कर्मसाक्षी

अन्तिम अद्यावधिक: २०२६-०८-२९

तल लेखिएका कुरा एपको कोड हेरेर लेखिएका हुन् — दाबी होइन, विवरण हो। एपको व्यवहार फेरिए यो पनि फेर्नुपर्छ।


एपले के लिन्छ

खाता खोल्दा मात्र:

केकिन
इमेल ठेगानाखाता चिन्न, पासवर्ड बिर्सेको लिङ्क पठाउन
नामखातामा देखाउन
फोन नम्बरसदस्यता र सम्पर्कका लागि
यन्त्रको एउटा पहिचायकसदस्यता कुन यन्त्रमा चलेको हो भन्ने छुट्याउन

खाता नखोली एप चलाउन मिल्छ, र त्यसो गर्दा माथिको कुनै पनि लिइँदैन।

एपले के लिँदैन

छनोट फोनभित्रै रहन्छ; यन्त्रको GPS पढिँदैन

फोनभित्रै रहने कुरा

यजमानका नाम, गोत्र, जन्ममिति, सङ्कल्पका विवरण, कुण्डली, सुरक्षित गरिएका सामग्री — यी सबै तपाईंकै फोनमा रहन्छन् र कहिल्यै पठाइँदैनन्।

पञ्चाङ्ग, कुण्डली र दशाको सारा गणना फोनभित्रै हुन्छ। ग्रन्थ, कर्मकाण्ड र शब्दकोश एपभित्रै छन्। इन्टरनेट नभए पनि यी सबै चल्छन्।

रोमन अक्षरबाट नेपाली सुझाव दिने काम पनि फोनभित्रैको शब्दकोशले गर्छ। *(पहिले यो काम बाहिरी सेवाले गर्थ्यो र टाइप गरिएका शब्द बाहिर जान्थे — २०२६-०८-२९ मा हटाइयो।)*

बाहिर जाने एक मात्र ठेगाना

खाता र सदस्यताको काम Supabase मा हुन्छ (डाटाबेस र प्रमाणीकरण सेवा)। एपले बोलाउने बाहिरी ठेगाना त्यही एउटा हो। सबै सम्पर्क HTTPS मा हुन्छ।

कति समय राखिन्छ

खाता रहेसम्म। खाता मेटेपछि माथिका सबै विवरण मेटिन्छन्।

खाता मेट्न दुई बाटो छन्:

बालबालिका

एप बालबालिकालाई लक्षित होइन, र १३ वर्षमुनिका बालबालिकाबाट जानी-जानी कुनै विवरण लिइँदैन।

बेचिँदैन

तपाईंको कुनै पनि विवरण बेचिँदैन, विज्ञापनदातालाई दिइँदैन, र खाता चलाउने तथा सदस्यता व्यवस्थापन गर्ने बाहेक अरू कुनै काममा प्रयोग हुँदैन।

परिवर्तन

यो नीति फेरिए यहीँ नयाँ मिति सहित लेखिनेछ।

सम्पर्क

help.karmasaakshi@gmail.com

कर्मसाक्षी